काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ७५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले बढेर प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६५ हजार १ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ५४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।