Skip to content
LAXMI SUNRISE BANK

‘गभर्नरको नियुक्ति चैत ५ गतेभित्र हुन्छ’ : अर्थमन्त्री खतिवडा

अर्थ सरोकार

काठमाडौं । अर्थमन्त्री एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाले नेपाल राष्ट्र बैंकको गभर्नर चैत ५ गतेभित्रै नियुक्त हुने बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा विहिबार नेपाल सरकारको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै खतिवडाले यस्तो बताएका हुन् । 
सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले भने ‘म पनि गभर्नरमा नियुक्ति भएको व्यक्ति हुँ, एक महिना अघि त होइन, अन्तिम समयमै भएको हो । मेरो कार्यालयको अन्तिम दिन पनि ३ बजेतिर मन्त्रीपरिषदको बैठकले नयाँ गभर्नर नियुक्ती गरेको थियो । त्यसपछि मात्रै मैले गभर्नरको कार्यालय छाडेको हो। ’
मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै खतिवडाले समग्र मुलुकको एकिकृत वित्तिय विवरणले विकास खर्च राम्रो भएको पनि बताए। उनले आर्थिक बर्षको अन्त्यसम्ममा बजेटको ९० प्रतिशत भन्दा बढी खर्च हुने दाबी समेत गरे । निर्माण व्यवसायी, ठेक्का पट्टा सम्बन्धी विवाद लगायतका कारण आर्थिक बर्षको सुरुवाती दिनमा विकास खर्च हुन नसकेपनि पछिल्लो अवस्था सन्तोषजन रहेको पनि बताए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK