काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्सको १००% हकप्रद सेयर जारी गर्ने भएको छ । उक्त हकप्रद सेयर जारी गर्न कम्पनीले बुकक्लोज मिति तय गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त सेयर जारी गर्न फागुन २२ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । यस अनुसार, कम्पनीले उक्त हकप्रदमा फागुन २१ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई १ः१ अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति प्रदान गरीसकेको छ। इक्रा नेपालले यस हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
हाल यसको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब ८७ करोड ७० लाख रुपैयाँ पुग्नेछ । बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन गुराँसले हकप्रद ल्याउन लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्