×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

क्रिकेटरलाई हेप्नी ? ६ वर्षअघि सुरज वैद्यले पारस खड्कालाई कार दिने घोषणा गरे, तर आजसम्म दिएनन्… !

काठमाडौँ । २०७० फागुन १५ गतेको दैनिक समाचार र त्यतिबेलाका अनलाइन हेर्ने हो भने नेपाली क्रिकेट टोलीका तत्कालीन कप्तान पारस खड्कालाई व्यवसायी सुरज बैद्यले कार पुरस्कार दिने घोषणा गरेको हेर्न सकिन्छ । तत्कालीन समयमा यूएईमा भएको ट्वान्टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कप्तान पारस खड्कालाई कार पुरस्कार दिने घोषणा गरिएको थियो । खेल पत्रकार जगदीश्वर पाण्डेद्वारा लिखित पुस्तक ‘विश्वकप टि–२० क्रिकेटका सारथीहरू’ विमोचन कार्यक्रममा वैद्यले यस्तो घोषणा गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका तत्कालीन अध्यक्ष सुरज वैद्यको वैद्य अर्गनाइजेशनले खड्कालाई टोयोटा कार दिने घोषणा गरेको थियो । तर यो घोषणाको ६ वर्ष भयो, उनले पारस खड्कालाई अझै घोषणा गरिएको कार कार दिएका छैनन् । ‘मैले घोषणा गरिएको कार नपाएको सत्य हो । तर अहिलेसम्म मैले त्यो (कार) पाएको छैन । पूर्वकप्तान पारसले भने, ‘उहाँसंग कुरा भएको छ । दिन्छु पनि भन्नुभएको छ । दिनुहुन्छ होला ।’ 
यस विषयमा व्यवसायी वैद्यसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: