×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकको खुद नाफा २७.४५% ले वृद्धि, प्रतिसेयर आम्दानी ४० रुपैयाँ ९० पैसा !

PRIME CA

हिमालयन बैंकको खुद नाफा २७.४५% ले वृद्धि, प्रतिसेयर आम्दानी ४० रुपैयाँ ९० पैसा !

२२ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – हिमालयन बैंकले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमास खुद नाफा २७.४५% वृद्धि भएको रिपोर्ट सार्वजनिक गरेको छ । गत वर्ष १ अर्ब ३६ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले यो त्रैमासमा बढाएर १ अर्ब ७४ करोड २४ लाख रुपैयाँ पुर्याएको छ । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ९२ करोड ९२ लाख रुपैयाँ रहेको छ ।
यस्तै, हिमालयनको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ३.३९% र ८.५४% ले बढेको छ । बैंकको खुद ब्याज आम्दानी २ अर्व ५७ करोड ८० लाख रुपैयाँ कमाएको छ । साथै, सञ्चालन नाफा १ अर्व ९५ करोड ४ लाख रुपैयाँबाट बढाएर २ अर्व ११ करोड ७० लाख रुपैयाँ पुर्याएको विवरणमा उल्लेख छ। 
यो पुसमसान्तसम्ममा बैंकले १ खर्व १२ अर्व ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्व ७२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५२ करोड रुपैयाँ छ भने रिजर्भ कोषमा ६ अर्ब ११ करोड रुपैयाँ छ ।
यता, बैंकले खराब कर्जा १.२८%, कष्ट अफ फण्ड ६.३४% र बेस रेट ८.९२% रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८८ पैसाले बढेर ४० रुपैयाँ ९० पैसा भएको छ भने प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ २० पैसा रहेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: