काठमाडौं – आइसीएफसी फाइनान्सको २ लाख कित्ता ऋणपत्र फागुन १३ गतेदेखि आउने भएको छ । कम्पनीले प्रति कित्ता १ हजार रुपैयाँ दरमा २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । कम्पनीले जारी गर्ने ऋणपत्रमध्ये ८० हजार कित्ता सर्वसाधारणका लागि र बाँकी १ लाख २० हजार कित्ता भने आफ्नै पहलमा अन्य संस्थालाई बिक्री गर्नेछ ।
कम्पनीले ७ वर्ष अवधिको ‘१२% आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक १२% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यपिटलले गर्ने भएको छ । यस ऋणपत्रमा लगानीकर्ताले ग्लोबल आइएमई क्यपिटल जमल काठमाडौं, आइसीएफसी फाइनान्सको केन्द्रीय र शाखा कार्यालयहरु तथा आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम ७६ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्य भने यस ऋणपत्रमा छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ । रेटिङ एजेन्सी केयर नेपालले यस ऋणपत्रलाई मध्यम सुरक्षा जनाउने केयर एनपी बीबीबी (ट्रिपल बी) प्रदान गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्