×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइसीएफसी फाइनान्सको २ लाख कित्ता ऋणपत्र भर्ने आज अन्तिम मौका, फारम भर्न कहाँ जाने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आइसीएफसी फाइनान्सको २ लाख कित्ता ऋणपत्र भर्ने आज अन्तिम मौका, फारम भर्न कहाँ जाने ?

Artha Sarokar

१६ फाल्गुन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – आइसीएफसी फाइनान्सको २ लाख कित्ता ऋणपत्र भर्ने आज (फागुन १६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ दरमा २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो । कम्पनीले जारी गर्ने ऋणपत्रमध्ये ८० हजार कित्ता सर्वसाधारणका लागि र बाँकी १ लाख २० हजार कित्ता भने आफ्नै पहलमा अन्य संस्थालाई बिक्री गर्नेछ ।
कम्पनीले ७ वर्ष अवधिको ‘१२% आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक १२% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यपिटलले गर्ने भएको छ । यस ऋणपत्रमा लगानीकर्ताले ग्लोबल आइएमई क्यपिटल जमल काठमाडौं, आइसीएफसी फाइनान्सको केन्द्रीय र शाखा कार्यालयहरु तथा आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । 
लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम ७६ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्य भने यस ऋणपत्रमा छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ । रेटिङ एजेन्सी केयर नेपालले यस ऋणपत्रलाई मध्यम सुरक्षा जनाउने केयर एनपी बीबीबी (ट्रिपल बी) प्रदान गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी