×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२ करोड ५ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको जनउत्थान सामुदायिक लघुवित्तको निक्षेप सङ्कलन र कर्जा लगानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

२ करोड ५ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको जनउत्थान सामुदायिक लघुवित्तको निक्षेप सङ्कलन र कर्जा लगानी कति ?

काठमाडौं – जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले खुद नाफा २ करोड ५ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेको हो । गत वर्ष यहि अवधिमा संस्थाले खुद नाफा ८५ लाख ७२ रुपैयाँ कमाएको थियो । 
कम्पनीको खुद ब्याज आम्दानी भने ६ करोड १५ लाख ५२ हजार रुपैयाँबाट घटेर ३ करोड ७३ लाख रुपैयाँमा सीमित भएको छ । यस्तै, सञ्चालन नाफा भने १ करोड १४ लाख ७९ हजार रुपैयाँबाट बढेर २ करोड ३२ लाख ४८ हजार रुपैयाँ पुगेको छ । 
यो दोस्रो त्रैमाससम्ममा संस्थाले ४८ करोड ८५ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४९ करोड ४४ लाख ८६ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ । हाल संस्थाको चुक्ता पुँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ करोड ९८ लाख ८९ हजार रुपैयाँ छ । गत वर्ष जगेडा कोषमा ४ करोड ९३ लाख रुपैयाँ थियो । 
यता, कम्पनीको खराब कर्जा  भने ०.६९%ले बढेर २.९२% पुगेको छ । गत वर्ष २.२३% मात्र रहेको थियो। जनउत्थानको प्रतिसेयर आम्दानी वार्षिक १५ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ ०६ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: