×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाश बिकास बैंक काण्डको फलोअप : ब्रान्च मेनेजरले पनि स्वीकारे गल्ती, भने, ‘कमजोरी भयो, माफी चाहान्छु’

PRIME CA
GLOBAL IME BANK

कैलाश बिकास बैंक काण्डको फलोअप : ब्रान्च मेनेजरले पनि स्वीकारे गल्ती, भने, ‘कमजोरी भयो, माफी चाहान्छु’

१५ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । ऋणीको हस्ताक्षर किर्ते गरेर पत्र बुझेको बनाई ऋणीलाई थर्काउने कैलाश बिकास बैंकले आफुबाट भएको गल्ती स्वीकारेको छ । ऋणी लीला कंडेलको हस्ताक्षर किर्ते गरी बैंकको वालिङ शाखाका एक कर्मचारीले पत्र बुझेको भनी बैंकमा रिपोर्ट बुझाएका थिए । त्यसपछि बैंकका हेड अफिसका कर्मचारीले त्यसपछि ऋणीलाई धम्कीपूर्ण एसएमएस गरेका थिए । आफुलाई जानकारी नै नभई धम्कीपूर्ण एसएमएस आएपछि बैंक पुगेका दीपेन्द्र कंडेलले यस्तो मेसेज गर्नुको कारण मागेपछी बैंकले उनकी आमाले पत्र बुझेको कागज देखाएका थिए । त्यसपछि दिपेन्द्र कंडेलले आफ्नी आमालाई यस विषयमा फोन गरेपछि उक्त पत्रमा भएको दिपेन्द्र कंडेलकि आमाको हस्ताक्षर किर्ते भएको पत्ता लागेको थियो । 
यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले आफ्ना कर्मचारीबाट गल्ती भएको र आफुले ऋणीसँग माफी माग्न लगाईसकेको बताएका थिए । यसैबीच बैंकका वालिङ शाखाका ब्रान्च मेनेजर मोति कुँवरले पनि आफ्ना कर्मचारीबाट गल्ती भएको स्वीकारेका छन् । ‘कर्मचारीबाट गल्ती भएछ । मैले पनि भेरिफाइ नगर्दा हामी चुक्यौं । ब्रान्च मेनेजरको जिम्मेवारीमा बसेर भन्दा मैले पनि यसको जिम्मा लिनुपर्छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘दीपेन्द्रजीको केहि गल्ती छैन । बैंककै साथीले गलत काम गर्दा उहाँले मिडिया गुहार्नु स्वाभाविक हो । म आफैं पनि उहाँको साथी हो । उहाँ अफ्ट्यारो स्थितिमा हुनुहुन्थ्यो । उहाँको बाबा बित्दा म पनि मलामी गएको छु । बैंकबाट जे भयो, गलत भयो । मसँग माफी माग्नुबाहेक कुनै विकल्प छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: