
काठमाडौं । पोखराका व्यवसायी रेशम राज पन्थीलाई खाली चेकमा हस्ताक्षर गराएर करोडौं रुपैयाँ अपचलन गरेको आरोप लागिरहेका बेला कैलाश बिकास बैंकमा अर्को काण्ड घटेको तथ्य बाहिरिएको छ । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाले आफ्नो आमाले लिएको ऋणलाई प्रयोग गर्दै किर्ते काममा लागेको भन्दै पत्रकार सम्मेलन गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।
भएको के हो ?
‘मेरो बुवा आफैं पनि ऋण तथा असुली न्यायाधिकरणका न्यायाधीशको रुपमा कार्यररत हुनुहुन्थ्यो, र, उहाँले आफ्नो गृहजिल्ला स्याङ्जामा पनि विभिन्न वित्तिय संस्था तथा हाल प्रभु बैंक रहेको तत्कालिन गौरीशंकर विकास बैंकसमेत खोल्न निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो । त्यो बैंकको त उहाँ आफैं प्रथम महाप्रबन्धक हुनुहुन्थ्यो । अहिले बुवा स्वर्गवास हुनुभयो, उहाँको निधनपछि उहाँप्रतिको रिस साँधियो सायद ।’ घटना विवरण सुनाउँदै उनी अगाडी भन्छन्, ‘ मेरी आमा लिला कँडेलले लिएको ऋणको किस्ता यसअघि समयमै तिर्दै आईरहेको अवस्थामा बुवाको निधनपछिको किस्ता चलाउन केही कठिनाई भयो । मेरो परिवारले बैंकलाई स्पष्ट रुपमा यसको जानकारी पनि गराएको थियो । बैंकले आमाको नाममा प्रेषित गरेका चारवटा पत्रमा बेग्ला बेग्लै ठेगाना र आमाको हस्ताक्षरसमेत किर्ते गरिएको छ । म आफू नै ग्यारेन्टर हुँदापनि अहिलेसम्म कुनैपनि पत्र र त्यसम्बन्धी कुनैपनि विद्युतीय सन्देश (ईमेल) मलाई प्रेषित गरिएन् । जसरी हुन्छ हाम्रो परिवारलाई बदनाम बनाउने बदनियत बोकेर हाम्रो विवरण पत्रिकामा छापियो ।
‘पत्रिकामा नाम आउँदाभन्दा आमाको किर्ते हस्ताक्षर गरेकोमा पीडा भयो’
बैंकले किस्ता समयमा नआए कुनैपनि आफ्नो प्रक्रियामा गएर ऋण लिँदाको सम्झौताअनुसार कारवाही गर्न सक्ने कुरामा आफ्नो फरक मत नरहेको उनको भनाइ छ । ‘… तर र्ते गरेर कारबाहीको धम्की दिने र आफ्नो फाईदा उठाउन यस किसिमको प्रपञ्च रच्ने कुनैपनि बैंक तथा वित्तिय संस्थाहरुविरुद्ध म पब्लिक ईनोभेटरको नाताले लड्ने घोषणा गर्छु ।’ उनले भने । उनले उक्त किर्ते घट्नामा संलग्न सम्पूर्ण बैंक कर्मचारीलाई कानूनको कठघरामा उभ्याएरै छोड्ने उद्घोषसमेत गरे । यता यस विषयमा सम्पर्क गर्न खोज्दा बैंकका सूचना अधिकारीसँग सम्पर्क हुन सकेन ।
यसअघि कैलाश बिकास बैंकको लामाचौर शाखामा घटेको किर्ते काण्ड
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्