×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किष्ट बैंक प्रकरणका ‘नाइके’ कमल ज्ञवाली अझै ३ बर्ष जेलमै रहने, करोडमा खेल्ने कमल यसरी आए रोडमा… (भिडियो)

PRIME CA
GLOBAL IME BANK

किष्ट बैंक प्रकरणका ‘नाइके’ कमल ज्ञवाली अझै ३ बर्ष जेलमै रहने, करोडमा खेल्ने कमल यसरी आए रोडमा… (भिडियो)

१३ फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । तत्कालीन किष्ट बैंक प्रकरणका नाइके कमल ज्ञवाली अव अर्को ३ बर्ष जेलमै रहने भएका छन् ।  सर्बोच्च अदालतले किष्ट बैंकका तत्कालिन प्रवन्ध निर्देशक कमलप्रसाद ज्ञवालीलाई तत्कालिन पुनरावेदन अदालत पाटनले सुनाएको फैसला सदर गरेपछि अर्को ३ बर्ष उनी जेलमै रहने भएका हुन् । सर्बोच्च अदालतका न्यायधीशहरु दीपककुमार कार्की,पुरुषोत्तम भण्डारी र हरिप्रसाद फुयालको सयुक्त इजलाशले गत बिहीबार उच्च अदालतको निर्णय सदर गरेको हो ।
जम्को प्रकाशनलाई ऋण दिएको काण्डमा बैंकिङ कसुरको मुद्दा दायर भएपछि उनी फरार थिए र प्रहरीले उनलाई पक्राउ गरेको थियो । पुनरावेदन अदालतले ज्ञवालीलाई ४ वर्षको जेल सजाय सुनाएको थियो । पक्त्यराउ परेपछि उनले उच्च अदालत र जिल्ला अदालत काठमाडौं जिल्ला अदालतविरुद्ध सर्बोच्चमा मुद्दा दायर गरेका थिए ।  तर सर्बोच्च अदालतले उच्च अदालतको निर्णयलाई सदर गरेको छ । एक बर्ष जेल जीवन बिताईसकेका ज्ञवाली थप ३ बर्ष जेलमा बस्नेछन् । 
उनको प्रकरण के थियो त ? भिडियोमा हेर्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: