×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीको घोडाघोडी र लम्कीचुहामा कामना सेवा विकास बैंकको २ नयाँ शाखा सञ्चालन, शाखा सञ्जाल १२० पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कैलालीको घोडाघोडी र लम्कीचुहामा कामना सेवा विकास बैंकको २ नयाँ शाखा सञ्चालन, शाखा सञ्जाल १२० पुग्यो

Artha Sarokar

६ फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कामना सेवा विकास बैंकले प्रदेश नं. ७ अन्तर्गत कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न. १, सुखड र कैलाली जिल्लाको, लम्कीचुहा नगरपालिका वडा नं. १, लम्कीमा सोमबार एकैसाथ २ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
यो सँगै बैंकको शाखा संख्या १२० पुगेका छन् । सुखड शाखाको समुद्घाटन घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरी र बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रुपमा गरेका थिए । त्यसैगरी लम्की शाखाको लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाई र बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त गरेका हुन् ।
ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित १२० वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी