×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रियसभाका लागि अर्थमन्त्री डा युवराज खतिवडाको नाम सिफारिस !

PRIME CA
GLOBAL IME BANK

राष्ट्रियसभाका लागि अर्थमन्त्री डा युवराज खतिवडाको नाम सिफारिस !

१४ फाल्गुन २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको एक सदस्यका लागि अर्थमन्त्री डा युवराज खतिवडाको नाम सिफारिस गरेका छन् । यसअघि उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने सरकारलाइ अनुरोध गर्ने विषयमा नेकपा सचिवालयले निर्णय लिएको थियो । तर प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको सदस्यका लागि डा खतिवडाको नाम सिफारिस गरेको स्रोतले जनाएको छ ।
ओलीले खतिवडाको नाम सिफारिस गरेको बारेमा सचिवालयका सदस्यहरूलाइ जानकारी समेत दिएका छन् । सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले वामदेवलाई राष्ट्रिय सभामा मनोनित गर्न सरकारलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिएका थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: