काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाविच एक आपसमा गाभीने भन्दै एमओयुका लागि पत्रकार सम्मेलन डाकियो । तर उनीहरुको तयारी यतिसम्म कमजोर रहेछ कि कार्यक्रम स्थलमै ठुलो विवाद भयो । त्यो पनि एमओयु नै रोकिने गरी ।
गत आइतबार ४ बजे होटल एम्वेस्डरमा पत्रकार सम्मेलनको आयोजना गरिएको भएपनि विवाद उत्पन्न भएपछी कार्यक्रम स्थगित गरिएको थियो । कार्यक्रम सुरु भएपछि दुई संस्थाका संचालकहरुविच भनाभन भएको थियो । घरेलु लघुवित्तका अध्यक्ष आङदेन्डी शेर्पाले आफुहरुलाई २ संचालक र नाम पनि महिला घरेलु राख्नुपर्ने अडान राखेका थिए । अन्य केहि विषयमा पनि अन्तत: मर्जर नै भाँडियो ।
सबैको रमिता देखेर के गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो पत्रकारहरु लाज मानिरहेका थिए ।