×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरमा छ हजार निजी आवास पुनःनिर्माण हुन सकेनन्

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ललितपुरमा छ हजार निजी आवास पुनःनिर्माण हुन सकेनन्

Artha Sarokar

१ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ – ललितपुर महानगरपालिकाभित्र भूकम्प गएको चार वर्ष बितिसक्दा पनि अझै छ हजार बढी निजी आवास पुनःनिर्माण हुन सकेका छैनन् । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालद्वारा बुधबार आयोजित ‘भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार निजी क्षेत्रको योगदान र भूमिका’ विषयक कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका भवन आयोजना प्रमुख चन्द्रकाजी गुरुङले महानगरपालिकाभित्र कूल सात हजार ४०९ लाभग्राही पहिचान भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “तिनमा सम्झौता सम्पन्न छ हजार ३८३ को भएको थियो । प्रथम किस्ता छ हजार ३६६ ले लिए । एक हजार ५२७ ले दोस्रो किस्ता लिए र एक हजार ७० ले तेस्रो किस्ता लिए तर पुनःनिर्माण सम्पन्न भएका घरको सङ्ख्या भने मात्र ९१३ रहेको छ ।” 
महानगरपालिकाभित्र अझै छ हजार बढी निजी घर पुनःनिर्माण हुन नसकेकामा गुरुङले खेद व्यक्त गर्नुभयो । महानगरपालिकाभित्र निजी क्षेत्रले विभिन्न ठाउँमा घर बनाइदिए पनि सही कागजी लेख सङ्कलन गर्न अझै समस्या भइरहेको गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा न्यू सूर्य इन्टरप्राइजेजका प्रतिनिधि चीन महर्जनले महानगरपालिकाभित्र एकीकृत बस्तीको योजना अघि बढाउँदा प्रभावकारी रहने बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाको शहरी क्षेत्रमा सामग्री ढुवानी गर्न निकै नै समस्या भइरहेको हुँदा यसमा सरकारले ढुवानी खर्च छुटको व्यवस्था गरिदिनुपर्ने छ ।” सरकारले व्यक्तिको समस्याको पहिचान गरी कागजी प्रक्रियाबाट निजी घर बनाउन सहयोग गरिदिँदा निकै काम अघि बढ्ने महर्जनले बताउनुभयो ।
यसैगरी महानगरपालिका–११ सचिव सञ्जित श्रेष्ठले जनताले ऋण लिएर बनाएको घरमा सरकारले केही सहजता गरिदिनुपर्ने औँल्याउनुभयो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले ‘हाम्रो सम्पदा हामी आफैँ बनाआँै’ भन्ने नाराका साथ निजी क्षेत्रबाट भूकम्प गएको तीन वर्षपछि भीमसेन मन्दिर पुनःनिर्माणको काम अघि बढाइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभिन्न क्षेत्रबाट लगभग रु तीन करोड ५० लाख दिने घोषणा भइसके पनि पूर्णरूपमा सबै रकम भने अझै पाउन सकेका छैनौँ ।” 
टीआई नेपालले भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिलाई दाताले दिने भनेर बोलेको रकम हालसम्म किन पाउन सकेन भनी खोजी गर्न महर्जनले आग्रह गर्नुभयो । सङ्घका महासचिव मनोजबहादुर न्याछौँँले भूकम्प प्रभावित व्यक्तिलाई आफूहरुले निजी क्षेत्रबाट खाद्यान्न र लत्ताकपडा सहयोग गर्दै आइरहेको बताउनुभयो ।
टीआई नेपालका अध्यक्ष खिमराज रेग्मीले भूकम्प भएको चार वर्ष बितिसक्दा पनि भूकम्प प्रभावित जनताले रु तीन लाख रकम सरकारले हामीलाई घर बनाउन मात्र सहयोग गरेको हो भन्ने अझै नबुझेको भनी दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “थोरै लगानीले धेरै लाभ पु¥याउन सकिन्छ भने एकीकृत बस्तीको योजनामा अघि बढ्नु पनि निकै राम्रो हुन्छ ।” महानगरपालिकाभित्रका सांस्कृतिक महत्वको संरक्षण गर्दै विनासलाई विकास र अभिशापलाई वरदानमा बदल्न जरुरी रहेको रेग्मीको भनाइ थियो ।
टीआई नेपालका कोषाध्यक्ष किरण थापाले भूकम्प प्रभावित मुख्य जिल्लामा पहिलेनै युनिट खडा गरी काम अघि बढाएको भए हालसम्म सबै स्थानका निजी आवास पुनःनिर्माणको काम सम्पन्न भइसक्ने विचार राख्नुभयो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी