
काठमाडौं । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको ७० करोडको घुस काण्डको खुलासा भएको छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ घुस काण्ड सार्वजनिक भएको हो ।
काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीसँग सुरुमा कुरा भएपनि उसलाई नदिएर जर्मन कम्पनीलाई ठेक्का दिन लागिएपछि स्वीस कम्पनीका नेपाल एजेण्टले बास्कोटासँग भएको घुस प्रकरणको अडियो क्लिप बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिएको चर्चा पनि सुरु भएको छ ।
लेखा समितिले सेक्युरिटी प्रेसको विषयमा सरकारले प्रक्रिया मिचेको निचोड निकालेको छ । यो विषय संसद्को सार्वजनिक लेखा समितिमा समेत प्रवेश गरिसकेको थियो । लेखा समितिमा नै संचारमन्त्री बास्कोटाले कमिसन मागेका विजयप्रकाश मिश्र सार्वजनिक लेखा समितिमा विज्ञको रुपमा सहभागी भएका थिए ।
यद्यपी सापकोटाले अडिओ रेकर्डमा बोल्ने एकजना मानिस आफू भएको स्वीकार गरेका छन्। ‘त्यस्तो करोडौंको प्रस्ताव धेरैले राख्छन्, कतिले मोबाइल रेकर्ड गर्छन्, काम भए गुपचुप राख्छन्। नभए के हुन्छ देखिहाल्नु भयो’ उनले भने, ‘त्यो काम मैले गरें कि गरिनँ हेर्दा होला।’
‘त्यस्ता प्रस्ताव धेरैवटा आउँछन् । आउनेजति सबै मान्ने हो भने १० अर्ब जतिको आयो होला । अडियो के कसो हो भन्ने बारेमा दिउँसो बोल्छु’, उनले भने।



Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्