×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लिवर्टी इनर्जीको १५ लाख कित्ता आइपिओ फागुन २७ गतेदेखि आउंदै, कस-कसले पाउँछ भर्न ?

PRIME CA

लिवर्टी इनर्जीको १५ लाख कित्ता आइपिओ फागुन २७ गतेदेखि आउंदै, कस-कसले पाउँछ भर्न ?

१६ फाल्गुन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – लिवर्टी इनर्जी कम्पनीको १५ लाख कित्ता आइपिओ फागुन २७ गतेदेखि आउने भएको छ । बैंकले प्रति कित्ता १०० रुपैयाँको दरले लमजुङ जिल्लाको उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि १५ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुल्ला गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा जारी पुँजीको १०% आइपीओे निष्कासन गर्न लागेको हो ।
कम्पनीले आयोजनाको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं. ६ र ७ (तत्कालीन फलेनी र डोढोडेनी गाविस) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा स्थानीयलाई छुट्याएकोमध्ये ५ लाख कित्ता (३३.३३%) र प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेशीसहर नगरपालिकाको वडा नं. ११ मा स्थानीयलाई छुट्याएको मध्ये ५ लाख कित्ता (३३.३३%) सेयर निष्कासन गर्न लागेको हो । 
त्यसैगरी, लमजुङ जिल्लाका सम्पूर्ण बासिन्दाका लागि बाँकी ५ लाख कित्ता (३३.३३%) सेयर पनि कम्पनीले बिक्री खुला गर्न लागेको हो । यसमा लमजुङबासीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । यो आइपीओमा छिटोमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस्तै, सो अवधिमा बिक्री नभएमा भने चैत २६ गतेसम्म आवेदन दिन सकिनेछ । लिबर्टीलाई केही दिनअघि मात्रै नेपाल धितोपत्र बोर्डले ३७ करोड ५० लाख ४० हजार रुपैयाँ बराबरको ३७ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको थियो ।
जसमध्ये १५ लाख कित्ता स्थानीयलाई र २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई निष्कासन हुनेछ । अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ । यस आइपीओले ग्रेड ४ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कम आधार जनाउने रेटिङ दिएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: