×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५४.३५ प्रतिशतले खुद नाफा बढाएको महालक्ष्मी विकास बैंकको जगेडा कोषमा १ अर्ब ४० करोड…

PRIME CA

५४.३५ प्रतिशतले खुद नाफा बढाएको महालक्ष्मी विकास बैंकको जगेडा कोषमा १ अर्ब ४० करोड…

२३ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत वर्षको भन्दा ५४.३५% ले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले १९ करोड ७६ लाख ४६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले ३५ अर्ब ७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी २९ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कोषको लागत ८.४४% रहेको छ भने आधार दर ११.२३% र स्प्रेड दर ५.३३% रहेको छ।
यस्तै पुस मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा २१ करोड १३ लाख १५ हजार रुपैयाँ रहेको छ । बैंकले गत वर्षको तुलनामा खुद ब्याज आम्दानी पनि २७.८३% ले बढाएर ८० करोड ४१ लाख रुपैयाँ पुर्याएको छ । त्यसैगरी बैंकको सञ्चालन नाफा पनि ६२.९६% ले बढेको छ । गत वर्ष २६ करोड २० लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको यस बैंकले बढाएर ४२ करोड ७० लाख पुर्याएको छ ।
प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८६ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ७६ पैसा रहेको छ ।साथै ३ अर्ब ७ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ४० करोड ८१ लाख रुपैयाँ सञ्चित छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: