×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्सले यसरी मनायो पहिलो बार्षिकोत्सव, २१ तस्विरमा हेर्नुहोस् ‘एनिभर्सरी’को रौनक (फोटो फिचर)

काठमाडौँ – महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो प्रथम बार्षिकोत्सव मनाएको छ । सो अवसरमा कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । महालक्ष्मी लाईफ इन्स्योरेन्स २०७५ माघ २७ गतेबाट संचालनमा आएको थियो । इन्स्योरेन्सले १ वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको हो ।  कम्पनीले एक वर्षको छोटो अवधिमा ३८ जिल्लामा ६० वटा शाखा र उपशाखा संचालन गरिसकेको छ । यस्तै ६० जिल्लामा अभिकर्ता तालिम संचालन गरी बीमा समितिबाट इजाजत लिएर हाल ७,३२३ अभिकर्ताहरु यस कम्पनीमा कार्यरत छन्। 
यता इन्स्योरेन्सले २०७६/०७७ को अन्त सम्ममा थप २५ वटा शाखा र उपशाखा संचालनमा ल्याउने तयारी गरिरहेको छ ।  कम्पनीले १ महिना भित्र शाखा रहित बीमा पोलिसी जारी गर्ने गरी टेवलेट इन्स्योरेन्सको कार्यक्रम संचालन गर्ने कम्लेपनीले जनाएको छ । वार्षिकउत्सवकै अवसर पारेर कम्पनीले ५० लाखसम्म दाबी भुक्तानी गर्ने गरी घातक रोगपूरक सुविधा योजना संचालनमा ल्याएको जानकारी गराएको छ ।
फोटो फिचरमा हेर्नुहोस् कम्पनीको ‘एनिभर्सरी’को रौनक
















Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: