×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छानविन प्रक्रिया नसकिदासम्मका लागि थियो महराको राजिनामा… अव के हुन्छ ?

PRIME CA
GLOBAL IME BANK

छानविन प्रक्रिया नसकिदासम्मका लागि थियो महराको राजिनामा… अव के हुन्छ ?

५ फाल्गुन २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बलात्कार प्रयास मुद्दामा निर्दोष ठहर भएपछि कृष्मण बहादुर महरालाई हरालाई रिहाइको प्रक्रिया पूरा गर्न कारागारतर्फ लगिएको छ । यता उनलाई नेकपा कार्यकर्ताहरुले डिल्लीबजार कारागार बाहिर स्वागतको तयारी गरेका छन् । महरालाई सोमबार जिल्ला न्यायाधीश अमरराज पौडेलको इजलासले निर्दोष ठहर गरेको हो । सं‌सद सचिवालयकी कर्मचारीलाई बलात्‍कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो । यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो।
उनले राजिनामा पत्रमा नै आफ्नो राजीनामा छानविन प्रक्रिया नसकिदासम्मका लागि मात्र भनेर उल्लेख गरेका थिए । यो विषय पनि तत्कालीन अवस्थामा चर्चामा थियो । यद्यपी कानुनविद्हरु भने उनको उक्त भनाइले केहि अर्थ नराख्ने र उनी अव पुन: सभामुख हुन गाह्रो हुने बताएका छन् । यद्यपी उनलाई कुनै मन्त्री बनाउने तयारी भने आन्तरिक रुपमा भइसकेको जानकारहरुको दावी छ ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: