काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा ४९ लाख २३ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २४.८५% ले धेरै हो । गत वर्षको यहि अवधिमा संस्थाको खुद नाफा ३९ लाख ४३ हजार रुपैयाँ कमाएको थियो ।
यस्तै, यसको खुद ब्याज आम्दानी पनि २४.८४% ले बढेको छ । गत वर्षको यसै अवधिसम्म १ करोड ४४ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले अहिले बढाएर ३ करोड ८८ लाख १८ हजार रुपैयाँ पुर्याएको छ । ब्याज आम्दानी बढाए पनि संस्थाको सञ्चालन घाटा भने ४५ लाख ५३ हजार रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ३ करोड १३ लाख ३५ हजार रुपैयाँ छ । यो पुस मसान्तसम्ममा संस्थाले ५० करोड ९९ लाख रुपैयाँ निक्षेप संकलन गरी ८० करोड ६७ लाख ८ हजार रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ । खराब कर्जा भने बढेर २.८६% भएको छ । गत वर्ष खराब कर्जा १.६०% थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्