
काठमाडौं । खानेपानीमन्त्री बिना मगरले असार मसान्त भित्रमा मेलम्चीको पानी काठमाडौं ल्याई जनतामा देखिएको निराशाको अन्त्य गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मेलम्ची खानेपानी आयोजनाको स्वेत पत्र सार्वजनिक गर्न बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले असार मसान्तसम्म मेलम्चीको काम सम्पन्न भई काठमाडौंमा पानी ल्याइसक्ने बताउनुभएको हो । उहाँले भन्नुभयो ‘हामीले असार मसान्त भित्रमा काम छिटो भन्दा छिटो सम्पन्न गर्ने स्पिडमा हाम्रो मेलम्ची आयोजना, ठेकेदार कम्पनी, कन्सल्ट्यान्ट लगायतका सम्पूर्ण टिमहरु हामीले त्यो स्पिडमा लागिराखेका छौं र यसले स्वभाविक रुपमा धेरैपटक, पटक पटक पार्दै आएको निराशाको अन्त्यको हामी निकटमा छौं भन्ने भाव आजको स्वेतपत्रको हो ।’ उहाँले सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीम्मको आयोजनाको काम समेत असार सम्ममा सम्पन्न गर्ने गरी काम भइराखेको उहाँले बताउनुभयो ।
कार्यक्रममा मेलम्ची खानेपानी अयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले ड्याम असार मसान्त सम्म सम्पन्न नहुने भएकाले तत्कालका लागि अल्टरनेट ड्यामबाट पानी ल्याउने व्यवस्था गरिएको बताउनुभयो । उहाँले सुरुङ्ग सम्पन्न तथा अस्थाई रुपमा पानी डाएभर्सनका लागि नयाँ नियुक्त निर्माण व्यवसायी सिनो हाइड्रोबाट व्यवस्थापन तथा निर्माण कार्य सन्तोषजनक रहेकाले २-३ महिना पहिले नै काम सक्ने विश्वास गरिएको बताउनुभयो । उहाँले आयोजनाको हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको र अहिले सम्म २७ अर्ब ९४ करोड रुपैयाँ खर्च भइसकेको जानकारी दिनुभयो ।
मेलम्चीको काममा इटलियन कम्पनी सीएमसीले छाडेपछि सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग गत असोजमा एक वर्ष भित्रमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । काम बीचैमा छाडेर हिंडेको सीएमसीले स्थानीय श्रमिक तथा सव कन्ट्राक्टरको भुक्तानी नदिएका कारण समस्या र अवरोध खेप्नुपरेको खत्रीले बताउनुभयो। पछिल्लो समय सरकारले कामदारको ज्यालाबापत २ करोड ९६ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने सिएमसी आबद्ध स्थानीय आपूर्तिकर्ता लगायतको भुक्तानीका लागि मन्त्रालयबाट सहसचिवको संयोजकत्वमा गठीत ६ सदस्यीय प्राविधिक समितिबाट अध्ययन भइरहेको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्