×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई गाभ्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई गाभ्ने

Artha Sarokar

१४ फाल्गुन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – केन्द्रीय कार्यालय काभ्रेपलान्चोकको बनेपामा रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले झापाको बिर्तामोडमा रहेको नागबेली लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई एक्वायर गर्न  मंगलवार (फागुन १३ गते) सम्झौतापत्रमा  हस्ताक्षर भएको हो ।
यसअघि मिर्मिरे, किसान र नागबेली मर्जमा जाने सहमति गरेका थिए । तर, मर्जर प्रक्रिया भाँडिएपछि किसान लघुवित्त यो प्रक्रियाबाट बाहिरिएको छ भने  मिर्मिरेले नागबेलीलाई एक्वायर गर्न लागेको छ ।  गत वैशाखमा ३ कम्पनी मर्जमा जाने निर्णय गरेका कारण हाल मिर्मिरे र नागबेली दुवैको सेयर कारोबार रोक्का छ । अब एक्विजिसन प्रक्रिया सम्पन्न भएपछि मात्र सेयर कारोबार खुल्नेछ ।
हाल मिर्मिरेको चुक्ता पुँजी १२ करोड ८७ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यता, नागबेली लघुवित्तको हाल चुक्ता पुँजी १६ करोड ७६ लाख रुपैयाँ रहेको छ । सेयर स्वाप अनुपात भने खुलाइएको छैन ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी