×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंबाट चोरी भएका मोटरसाइकलहरु धादिङबाट बरामद, चोरी गर्ने व्यक्तिसमेत प्रहरीको फन्दामा (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

काठमाडौंबाट चोरी भएका मोटरसाइकलहरु धादिङबाट बरामद, चोरी गर्ने व्यक्तिसमेत प्रहरीको फन्दामा (भिडियो रिपोर्ट)

Artha Sarokar

४ फाल्गुन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – काठमाडौंको बालाजु र थानकोटबाट चोरी भएका मोटरसाइकलहरु काठमाडौं र धादिङका विभिन्न स्थानबाट बरामद गरी ट्राफिक प्रहरीले सार्वजनिक गरेको छ ।
महानगरिय ट्राफिक प्रहरी महाशाखाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चोरी भएका मोटरसाइकल र चोरीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको जानकारी दिएको हो । प्रहरी उपरिक्षक तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले मोटरसाइकल हराएको उजुरी परेपछि अनुसन्धानका क्रममा काठमाडौं र धादिङ्का विभिन्न स्थानबाट चारवटा मोटरसाइकल फेला पारेको बताउनुभयो । उहाँले मोटरसाइकल चोरी गरी कारोबारमा संलग्न तथा प्रयोग गर्नेलाई समेत पक्राउ गर्न सफल भएको बताउनुभयो ।
प्रहरी उपरिक्षक श्रेष्ठले फेला पारेका मोटरसाइकलहरु थानकोट तथा बालाजु क्षेत्रबाट हराएको बताउनुभयो । मोटरसाइकल चोरी गरी फरक नम्बर प्लेट राखेर प्रयोग गरिरहेको अवस्थामा बरामद भएको उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी