
काठमाडौँ – मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयमा आगलागी भएको छ । वीरगञ्जको लिंकरोडस्थित नगर विकास समितिको भवनमा रहेको बैंकको शाखामा गएराति आगलागी भएको हो ।
बैंकको उक्त शाखामा गएराति ११ बजेतिर आगलागी भएको हो । आगलागीबाट बैंकभित्र रहेको एक दर्जन कम्युटर, पि्रन्टर ३ थान, २ सेट सोफा, ४ थान एसी, फर्निचरलगायतका वस्तु र र कागजपत्र नष्ट भएको शाखा कार्यालयका म्यानेजर अशोक राजभण्डारीले जानकरी दिए । उनका अनुसार महत्वपूर्ण कागजात र रकम भने सुरक्षित छ ।
बैंकका सुरक्षा गार्डले बैंकभित्र आगो लागेको देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । १५ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले बताए । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्