![](https://arthasarokar.com/wp-content/uploads/2020/02/3-4.jpg)
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी ९१.३७%ले बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी ७४ लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ। यता, सञ्चालन नाफा २२४.८४% ले वृद्धि गरी ३० लाख ६० हजार रुपैयाँ पुर्याएको छ । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको कारणले गर्दा खुद नाफा पनि बढेको देखिन्छ ।
यो दोस्रो त्रैमाससम्म कम्पनीले २४ करोड २९ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरी २८ करोड ८८ लाख ९५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पुँजी १९ करोड ९९ लाख ६२ हजार रुपैयाँ रहेको मल्टिपर्पोज फाइनान्सको जगेडा कोषमा ३ करोड १३ लाख ७९ हजार रुपैयाँ छ ।
खराब कर्जा अनुपात ४.८८% रहेको छ । गत वर्ष यसै अवधिमा खराब कर्जा ४.४९% थियो । मल्टिपर्पोजको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ६९ पैसा रहेको छ ।