×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा लोभलाग्दो उछाल, मंगलबार ४३.०२ अंकले बढ्दा ३ अर्ब हाराहारीको कारोबार

PRIME CA

सेयर बजारमा लोभलाग्दो उछाल, मंगलबार ४३.०२ अंकले बढ्दा ३ अर्ब हाराहारीको कारोबार

अर्थ सरोकार

१३ फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ४३.०२ अंकले बढेर १५४५.१९ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८० कम्पनीको ७० लाख ५९ हजार ७ सय १२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९९ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको कुल १६ करोड ३३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको भएको छ ।
यता, मंगलबार सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै गुराँस लाइफ इन्स्योरेन्स र हिमालयन डिस्टिलरीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै डिवेश्वरी हाइड्रोपावर र प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: