
काठमाडौँ – नेपालको पूँजीबजारमा बिहिबार इतिहासमै सबैभन्दा ठुलो कारोबार भएको छ । आज नेप्सेमा ४ अर्ब ४६ करोडमाथिको कारोबार भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी कारोबार हो । बुधबारको तुलनामा नेप्से परिसूचक ३६.०५ अंकले बढेर १६३२.१७ बिन्दुमा पुगेको छ । बिहिबार बजारले आफ्नै रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८० कम्पनीको १ करोड ८ लाख ५९ हजार ६ सय ५६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४६ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल २१ करोड ९९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : एनआइसी एसिया बैंक र एनएमबि बैंकको भएको छ ।
यता, बिहिबार बैंकिङ्ग, विकास बैंक र म्यानुफ्याक्चर एण्ड प्रोडक्सन उपसुचक बढेका छन् भने बाँकी सबै उपसुचक घटेका छन् । त्यसैगरी सबैभन्दा धेरै एभरेष्ट बैंक र नेपाल एसबिएस बैंकका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै ङदी ग्रुप पावर र सिनर्जी पावरका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्