×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार १.७७ अंकले बढ्यो बजार, कारोबार २ अर्व नाघ्यो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मंगलबार १.७७ अंकले बढ्यो बजार, कारोबार २ अर्व नाघ्यो

Artha Sarokar

६ फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार १.७७ अंकले बढेर १४००.०१ विन्दुमा आइपुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७७ कम्पनीको ५४ लाख ६८ हजार ४ सय ८३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व १२ करोडमाथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबारएनआईसी एसिया बैंकको भएको छ । यस कम्पनीको कुल १० करोड ६५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश : एनएमबि बैंक र हिमालयन डिस्टिलरीको भएको छ ।
यता, मंगलबार बैंकिङ्ग, व्यापार, विकास बैंक, म्यानुफ्याक्चर एण्ड प्रोडक्सन र म्युचुअल फण्ड उपसुचक बढेका छन् भने बाँकी सबै उपसुचक घटेका छन् । त्यसैगरी सबैभन्दा धेरै कालिका माइक्रोक्रेडिट र घलेम्दी हाइड्रोका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै लक्ष्मी लघुवित्त र पाँचथर पावरका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी