×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकले गर्यो ‘सजिलो एक्सप्रेस कर्जा योजना’ सार्वजनिक, यस्ता छन् विशेषताहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नबिल बैंकले गर्यो ‘सजिलो एक्सप्रेस कर्जा योजना’ सार्वजनिक, यस्ता छन् विशेषताहरु

Artha Sarokar

२० माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नबिल बैंकले नबिल सजिलो एक्सप्रेस कर्जा योजना भैरहवामा सार्वजनिक गरेको छ । साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र यूकेएड सक्षम एक्सिज टु फाइनान्सको सहकार्यमा उक्त योजना ल्याएको हो ।
कर्जासम्बन्धी निर्णय प्रकृयालाई गति दिँदै जोखिममा आधारित मूल्यांकन सहित क्रेडिट स्कोरिङ मोडल कर्जा आंकलन ढाँचाका आधारमा यो योजना आरम्भ गरिएको बैंकले जानकारी दिएको छ । सरल र शीघ्र प्रशोधनसहित अधिकतम साढे १० प्रतिशतको ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ ।
यस याेजनाअनुसार क्रेडिट स्कोरिङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याजदर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको छ । यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाख रूपैयाँसम्मको कर्जा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराइनेछ ।
ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिँदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बैंकले जानकारी दिएको छ ।
नबिल सजिलो एक्सप्रेस कर्जा योजना निःशुल्क कारोबार सूचना, निःशुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निःशुल्क क्रेडिट कार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिइसकिने आकर्षक प्याकेजका साथ आएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस क्षेत्रमा नबिल बैंक पहिलो स्थानको बैंकको रूपमा मान्यता पाएको र साना तथा मझौला उद्यम ग्राहक तथा व्यवसायका लागि पनि शीर्ष स्थानमा रहेको बताए ।
साथै, कर्जा प्रशोधन प्रकृयालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जाजस्ता रचनात्मक योजनाहरू अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बनेको उल्लेख गरेका छन् ।
उद्यमको कर्जा आवेदन फारमको प्रशोधनका निम्ति अंकन विधि अँगालेबाट नबिलले कर्जा निर्णय प्रकृयामा थप वस्तुनिष्ठता ल्याउन सघाउनेछ । यसबाट अन्ततः नेपालको साना तथा मझौला उद्यम क्षेत्रलाई लाभ मिल्नेछ । नबिल बैंकले आफ्नो देशभर ९३ वटा शाखा कार्यालयहरू, एक सय ४२ एटिएम र १५ सयभन्दा धेरै नबिल रेमिट एजेन्टहरूसहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत् सन्जालमार्फत सेवा प्रवाह गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी