×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल एग्रो लघुवित्तको खुद नाफा ४२.४९% वृद्धि, अन्य सूचक पनि उत्साहजनक !

काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले खुद नाफा ६४ लाख १५ हजार रुपैयाँ नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत वर्षको यहि अवधिको तुलनामा ४२.४९% ले धेरै हो । गत वर्ष यसै अवधिमा कम्पनीको खुद नाफा ४५ लाख २ हजार रुपैयाँ कमाएको थियो । 
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकोले गर्दा खुद नाफा पनि बढेको देखिन्छ । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि क्रमशः १०९.३८% र ९५७.३४% ले वृद्धि भएको छ । गत वर्ष यसै अवधिमा १ करोड ४ लाख ९३ हजार रुपैयाँ रहेको यो कम्पनीको खुद ब्याज आम्दानी अहिले बढेर २ करोड १९ लाख ७१ हजार रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा पनि ६ लाख ३३ हजार रुपैयाँबाट बढेर ६६ लाख ९३ हजार रुपैयाँ पुगेको छ । 
यो दोस्रो त्रैमाससम्ममा कम्पनीले २३ करोड ३ लाख ६१ हजार रुपैयाँ निक्षेप संकलन गरी ६९ करोड ६५ लाख ५२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल चुक्ता पुँजी ५ करोड ७२ लाख ४४ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ करोड ५८ लाख १० हजार रुपैयाँ छ । 
कम्पनीको खराब कर्जा १.३३% रहेको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८९ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ७६ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: