×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकले गर्यो झिनो प्रगति, खुद नाफा १.८२%ले वृद्धि हुँदा अन्य सुचकको कस्तो छ अवस्था ?

PRIME CA

नेपाल बंगलादेश बैंकले गर्यो झिनो प्रगति, खुद नाफा १.८२%ले वृद्धि हुँदा अन्य सुचकको कस्तो छ अवस्था ?

२२ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बंगलादेश बैंकले ८० करोड ७७ लाख रुपैयाँ कमाएको  रिपोर्ट प्रकाशित गरेको छ । बैंकको यो नाफा गत वर्षको तुलनामा १.८२% धेरै हो । गत वर्ष बैंकले ७९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । ६ महिनाको वितरण योग्य नाफा भने ४३ करोड ८१ लाख ३२ हजार रुपैयाँ रहेको छ । 
कम्पनीको खुद ब्याज आम्दानी २.९५% ले घटेको छ । गत वर्ष १ अर्व ३९ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको बैंकले यो वर्ष १ अर्व  ३५ करोड ५२ लाख रुपैयाँमा सिमित रहेको छ । तर, सञ्चालन नाफा भने ७.०९% ले बढेको छ । सञ्चालन नाफा भने १ अर्व ५ करोड १७ लाख रुपैयाँबाट बढाएर १ अर्व १२ करोड ६२ लाख रुपैयाँ पुर्याएको छ ।
पुस मसान्तसम्ममा बैंकले निक्षेप संकलन र कर्जा लगानी क्रमश: २०.३०% र १२.७०% ले वृद्धि गरेको छ । बैंकले ६३ अर्व १२ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेर ५७ अर्व ९३ करोड ४६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसको चुक्ता पुँजी ८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ६८ करोड रुपैयाँ छ ।
यता, बैंकको खराब कर्जा १.९२% र बेस रेट ९.९२% रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ४२ पैसा रहेको विवरणमा उल्लेख छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: