×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला चैतमा हुने, स्वदेशी उद्योग व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्य (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला चैतमा हुने, स्वदेशी उद्योग व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्य (भिडियो रिपोर्ट)

Artha Sarokar

२३ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला चैत ६ गतेबाट १० गतेसम्म काठमाडौंमा योजना गर्ने भएको छ । स्वदेशी उद्योग व्यवसायको प्रवद्र्धन, नेपाली उत्पादन तथा सेवाहरुको राष्ट्रिय अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने, बाह्य लगानी तथा प्रविधि आकर्षण गर्ने, र स्वदेशी तथा विदेशी लगानीकर्ताहरुका बीच व्यवसायीक सम्बन्ध कायम गर्ने उद्देश्यले मेलाको आयोजना गरिने भएको हो । भृकुटिमण्डपमा आयोजना हुने मेलामा चीनबाट ८०, भारतबाट ४० र बंगलादेशबाट ६० वटा स्टल बुकिङका लागि पत्राचार भएको महासंघले जनाएको छ । त्यसैगरी थाइल्याण्डबाट २० र पाकिस्ताबाट ५ वटा स्टल बुकिङका लागि पत्राचार भएको छ । ३ सय भन्दा बढी स्टल रहने मेलामा अन्य देशहरुबाट समेत सहभागिताका लागि विदेशमा रहेका नेपाली दूतावास मार्फत पत्राचार गरिएको छ । हस्तकला, एनटीआइएस प्रोडक्टहरु मेलाका मुख्य आकर्षण रहनेछन् । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन समेत नेपालका पर्यटन गन्तव्यस्थलको प्रचार प्रसार र छलफल कार्यक्रमको समेत आयोजना गरिने छ । यो वर्ष १ लाख भन्दा बढीले मेलाको अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ। मेलामा टिकट दर ५० रुपैयाँ र विद्यार्थी सहुलियत दर ३० रुपैयाँ तोकिएको छ भने अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी