काठमाडौं । नेपाल व्यवस्थापन संघको ३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलन यहि शुक्रबारबाट हुने भएको छ । शुक्रबार नै वार्षिक साधारणसभा, राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान र एशियाली नेतृत्व पुरस्कार साँझ २०२० पनि आयोजना गरिएको छ । तथ्याङ्क परिचालित निर्णय प्रक्रिया नारा दिएर व्यवस्थापन सम्मेलन हुन लागेको हो । संघले आफ्नो वार्षिक साधारणसभाको अवसरमा हरेक वर्ष व्यवस्थापन सम्मेलन गर्दै आएको छ । ४ वटा कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यता रहनेछ । सम्मेलनमा विश्व र नेपालको व्यवस्थापन विकासको परिदृष्य २०१९ नामक अनुसन्धानात्मक कृतिको पनि विमोचन हुने आयोजकले जनाएको छ ।
त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा विभिन्न व्यक्तित्वहरु सम्मानित हुनेछन् । ‘म्यानेजर अफ दि इयर, ओमेन म्यानेजर रिकगजाइज अवार्ड, आउटस्ट्याण्डीङ म्यानेजमेन्ट अवार्ड र आउटस्ट्याण्डिङ सिभिल सर्भिस अवार्ड’ पनि वितरण गरिने आयोजकले जनाएको छ । सोही कार्यक्रममा एशियाली व्यवस्थापन संघले समेत एशियाली नेतृत्व पुरस्कार साँझ वितरण गर्ने भएको छ । आर्थिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरुलाई उक्त पुरस्कार वितरण गरिनेछ । हेर्नुहोस् भिडियो :