×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन गर्दै, सोमबार बोलकबोल हुने !

PRIME CA
GLOBAL IME BANK

नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन गर्दै, सोमबार बोलकबोल हुने !

५ फाल्गुन २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ । केन्द्रिय बैंकले उक्त ट्रेजरी बिल ९१ दिनको लागि निष्काशन गर्न लागेको हो । यो ट्रेजरी २०७७ साल जेठ ६ गते परिपक्व हुनेछ ।
मंगलबार निष्काशन हुने यस ट्रेजरी बिलका लागि आज (सोमबार) दिउँसो २ बजे बोलकबोल हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
राष्ट्र बैंकद्वारा जारी हुने उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिनेछ। उक्त ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: