काठमाडौं – नेपालकै पहिलो रियाली शो ‘वाइवाइ नेपाल स्टार’ को टाइटल स्पोन्सर सिजी ग्रुप बनेको छ । ‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ निकट समयमानै राष्ट्रिय च्यानल नेपाल टेलिभिजनबाट शुरु हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको टाइटल स्पोन्सर सिजी ग्रुपको प्रमुख उत्पादन वाइवाइ बनेको हो ।
आइतबार राजधानीमा एक समारोहकाबीच वाइवाइ नेपाल स्टार आयोजक कि एड्भरटाइजिङ्ग र टाइटल स्पोन्सर सिजी ग्रुपबीच कार्यक्रम साझेदारीपत्रमा हस्ताक्षर भएको छ ।
कार्यक्रम आयोजकका तर्फबाट कि एड्भरटाइजिङ्गका म्यानेन्जिङ्ग डाइरेक्टर रविन्द्र रिमाल र टाइटल स्पोन्सरका तर्फबाट चौधरी ग्रुपका म्यानेन्जिङ्ग डाइरेक्टर निर्माना चौधरीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
साथै, कार्यक्रम प्रस्तोताका रुपमा नेपाल टेलिभिजन(एनटिभी)का अध्यक्ष महेन्द्र विष्टले समेत सहमतिमा ऐक्ववद्धता जनाएका छन् । सहमतिपत्रमा हस्ताक्षर गर्दै कार्यक्रम अयोजक कि एड्भरटाइजिङ्गका एमडी रिमालले पछिल्लो समयमा नेपालमा फ्रेन्चचाइज शो चर्चामा रहेकोमा नेपाल टेलिभिजले आफ्नै उत्पादनमा सातै प्रदेशलाई समेटेर नेपालकै पहिलो रियालिटी शो नेपाल स्टार ल्याउन सफल भएको बताए ।
नेपाल स्टार नेपालको सातै प्रदेश र काठमाडौंमा समेत गरी ८ स्थानमा अडिसन भएको र अब छिट्टै एनटिभीबाट प्रसारण हुने रिमालले जानकारी दिए । यता, टाइटल स्पोन्सरका तर्फबाट सिजीका एमडी चौधरीले नेपाल स्टार जस्तो नेपालकै उत्कृष्ट रियाली शो कार्यक्रममा सिजी टाइटल स्पोन्सर हुन पाएकोमा खुशी व्यक्त गरे ।
यसअघि नेपाल टेलिभिजनले ल्याएको नेपाली तारा तथा छमछमी जस्ता कार्यक्रममा समेत सहकार्य गरिसकेको ग्रुपले नेपाल स्टारमा समेत टाइटल स्पोन्सर हुन पाएकोमा खुशी व्यक्त गर्दै चौधरीले कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै भावी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुमा सिजी ग्रुपको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो नेपाल स्टार अबको केही समयमै प्रारम्भ हुने आयोजकले जनाएको छ । गायन क्षेत्रमा उत्कृष्ट प्रतिभाको खोजी गर्ने यस कार्यक्रमले नेपालका कुना कन्दरमा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने र अवसर नपाएकालाई महत्त्वपूर्ण अवसर प्रदान गर्ने आयोजकले बताएको छ ।
उत्कृष्ट ४ प्रतियोगी छान्ने यस शोले तीन विशिष्ट प्रतियोगीर एक नेपाल स्टार गरी चार प्रतिभालाई पुरस्कृत गर्ने छ । जसमा तीन विशिष्ट प्रतियोगिले जनही ५–५ लाख पाउनेछन् भने, उत्कृष्ट प्रतियोगी नेपाल स्टार टाइटलसहित नगद ३५ लाख पाउनेछन् ।
गायन प्रतियोगितामुलक यस रियालिटी शो नेपाल स्टारको निर्णायक(जर्ज) मा प्रसिद्ध गायक आलोकश्री, रामकृष्ण ढकाल र गायिका अञ्जु पन्त रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्