×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार १३.७० अंकले घट्यो बजार, ९५ करोड ४ लाख माथिको कारोबार

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आइतबार १३.७० अंकले घट्यो बजार, ९५ करोड ४ लाख माथिको कारोबार

Artha Sarokar

२६ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १३.७० अंकले घटेर १३१९.९९ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७३ कम्पनीको  २५ लाख ५० हजार २६६ कित्ता सेयर खरिद बिक्री हुँदा ९५ करोड ४ लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार नेको इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल ३ करोड ८८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश : ग्लोबल आईएमइ बैंक र एनआईसी एशिया बैंकको भएको छ ।
यता, आइतबार म्यानुफ्याक्चर एण्ड प्रोडक्सन उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेका छन् । त्यसैगरी सबैभन्दा धेरै स्वाभिमान लघुवित्त बित्तिय संस्था र कन्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै प्रुडेन्सियल इन्स्योरेन्स  र डिबेश्वोरि हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी