Skip to content
LAXMI SUNRISE BANK

नेपाल ट्रष्टको श्वेतपत्र : प्रचण्ड, देउवा, बाबुरामदेखि वामदेव र गच्छदारसम्म जोडिए…! (भिडियो रिपोर्ट)

अर्थ सरोकार

काठमाडौँ – नेपाल ट्रष्टले स्वेतपत्र जारी गर्दै आफ्नो नाममा रहेको जग्गा र सम्पत्तिको विवरण सार्वजनकि गरेको छ । मंगलबार स्वेतपत्र जारी गर्दै ट्रस्टले आफ्नो नाममा रहेको जग्गा, अहिलेसम्म लिज दिइएको जग्गा र सम्पत्तिको विषयमा जानकारी दिएको हो । देशभरीका १२ जिल्लामा रहेको करिब २१ हजार ५ सय ६२ रोपनी जग्गामध्ये करिब १७२ रोपनीमा मोहीहरुले बसोबास र खेती गरिरहेका छन् । 
उक्त समयमा विजयकुमार गच्छदार ट्रष्टको अध्यक्ष हुनुहुन्थ्यो । ट्रस्टले २०६९ भदौमा मन्त्रिपरिषदबाट निर्णय गरी मोहीको नाममा कायम भएको जग्गा फिर्ताका लागि लागि सार्वजनिक तथा सार्वजनिक सम्पत्ति छानबिन आयोगमा उजुरी दिइएको ट्रष्टका अध्यक्ष रहनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले बताउनुभयो ।
तत्कालिन समयमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री तथा ट्रष्टको संरक्षक रहेका बेला साविकको बालाजु ८, मातातिर्थ १, सतुंगल, थानकोट महादेवस्थान लगायतका क्षेत्रमा रहेका जग्गामा फिर्ताका लािग आयोगमा उजुरी दिएको हो । २०६९ भदौ ११ गतेको मन्त्रिपरिषद् निर्णय गरी मोहीका नाममा नामसारी भएको थियो । ट्रष्टको चल सम्पत्ति ७८ करोड, ९ लाख, ७७ हजार ७९३ नेपाली रुपैयाँ, १ लाख ४८ हजार ५ सय ८१ अमेरिकी डलर र ५० हजार १२४ ब्रिटिस पाउण्ड स्टर्लिङ रहेको छ । 
यसैगरी नबिल बैंकको ५ लाख, ३३ हजार २४४ कित्ता, होटल डेला अन्नपूर्णको ३० हजार ७२० कित्ता र नेपाल औद्योगिक विकास निगमको ६ हजार ७५० कित्तासमेत नेपाल ट्रष्टको नाममा रहेको छ । ट्रष्टको सम्पत्तिमध्ये ६ स्थानमा लिजमा रहेका छन् । गोकर्ण, कमलादी, टेकु र लाजिम्पाटको ४ वटा सम्पत्ति तत्कालिन राजपरिवारले दिएको र दरबारमार्ग र ताहचलको २ वटा सम्पत्ति २०६४ सालमा नेपाल ट्रष्टको स्थापना भएपछि लिजमा दिइएको स्वेतपत्रमा उल्लेख गरिएको छ । 
ट्रस्टको नाममा रहेको दरबारमार्ग र ताहाचलको जग्गा लिजमा दिँदा तत्कालीन प्रधानमन्त्रीत्रय पुष्पकमल दाहाल ‘प्रचण्ड’, सुशील कोइराला र शेरबहादुर देउवा रहेको श्वेत पत्रमा उल्लेख छ। यस्तै २०७१ साउन २८ मा तत्कालीन ट्रस्टका संरक्षक प्रधानमन्त्री सुशील कोइराला तथा अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम रहेको ट्रस्ट संचालक समितिले बसेको बोर्ड बैठकले कमलादी, हेटौँडा, ताहाचल सोल्टी आउटर कम्प्लेक्स र दरबारमार्ग लिज आउट गर्ने निर्णय गरी वार्षिक कार्यक्रम र बजेट स्वीकृत गरेको श्वेत पत्रमा उल्लेख छ। हेर्नुहोस् भिडियो :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK