×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

८.६७ अंकले घटेर बन्द भयो नेप्से परिसूचक, कारोबार १ अर्व माथि

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

८.६७ अंकले घटेर बन्द भयो नेप्से परिसूचक, कारोबार १ अर्व माथि

Artha Sarokar

२३ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ८.६७ अंकले घटेर १३३३.६९ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७५ कम्पनीको  २८ लाख १ हजार ८०३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४ करोड माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार गुराँस लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल ४ करोड ५८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र प्रभु बैंकको भएको छ ।
यता, बिहिबार म्यानुफ्याक्चर एण्ड प्रोडक्सन र जिवन बिमा उपसुचक बढेका छन् भने बाँकी सबै उपसुचक घटेका छन् । त्यसैगरी सबैभन्दा धेरै ग्रीन डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल फाइनान्स र ज्योति विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी