
काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ४.२८ अंकले बढेर १३२४.२६ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७५ कम्पनीको २३ लाख ६० हजार ५८४ कित्ता सेयर खरिद बिक्री हुँदा ९३ करोड २० लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको कुल १३ करोड ६६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश : नागरिक लगानी कोष र एनआईसी एशिया बैंकको भएको छ ।
यता, सोमबार हाइड्रोफाइनान्स, फाइनान्स, जीवन बीमा र म्युचुअल फण्ड उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै सिभिल लघुवित्त बित्तिय संस्था र एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै एभरेष्ट बैंक र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्