काठमाडौँ – नेपालको पूँजीबजारमा बुधबार इतिहासमै सबैभन्दा ठुलो कारोबार भएको छ । आज नेप्सेमा ४ अर्ब १५ करोड ४८ लाखमाथिको कारोबार भएको छ । यो इतिहासकै सबैभन्दा बढी कारोबार हो । मंगलबारको तुलनामा नेप्से परिसूचक ५०.९३ अंकले बढेर १५९६.१३ बिन्दुमा पुगेको छ । बुधबार बजारले आफ्नै रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८० कम्पनीको ९९ लाख ६ हजार ९ सय ८९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब १५ करोड ४८ लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल २१ करोड ९९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : शिभम सिमेन्ट र नेपाल बैंकको भएको छ ।
यता, बुधबार सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै एभरेष्ट बैंक र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै राधी बिधुत र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्