×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम ३ अर्ब ४१ करोडमाथि पुग्दा उत्साहित बने लगानीकर्ता !

PRIME CA
GLOBAL IME BANK

सोमबार सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम ३ अर्ब ४१ करोडमाथि पुग्दा उत्साहित बने लगानीकर्ता !

१२ फाल्गुन २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार १.९६ अंकले घटेर १५०२.१८ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७९ कम्पनीको ८३ लाख ४८ हजार २ सय ३४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४१ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार एनएमबि बैंकको भएको छ । यस कम्पनीको कुल २० करोड ४३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : शिभम् सिमेन्ट र शिखर इन्स्योरेन्सको भएको छ ।
यता, सोमबार बैंकिङ्ग, म्यानुफ्याक्चर एण्ड प्रोडक्स र अन्य उपसुचक बढेका छन् भने बाकी सबै उपसुचक घटेका छन् । त्यसैगरी सबैभन्दा धेरै कालिका माइक्रोक्रेडिट र मन्जुश्री फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै गुहेश्वोरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: