×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा उछाल, कारोबार साढे २ अर्बभन्दा बढी हुँदा नेप्सेले १४ सय विन्दु चुम्यो

PRIME CA
GLOBAL IME BANK

सेयर बजारमा उछाल, कारोबार साढे २ अर्बभन्दा बढी हुँदा नेप्सेले १४ सय विन्दु चुम्यो

५ फाल्गुन २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ३४.२६ अंकले बढेर १३९८.२४ विन्दुमा आइपुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७५ कम्पनीको ६४ लाख ७४ हजार ७ सय ५० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ६८ करोडमाथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार शिबम् सिमेन्टको भएको छ । यस कम्पनीको कुल १२ करोड ९४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश : शिखर इन्स्योरेन्स र हिमालयन डिस्टिलरीको भएको छ ।
यता, सोमबार सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै व्यापार उपसुचक बढेको छ । व्यापार उपसुचक ४.९८%ले बढेको हो। त्यसैगरी सबैभन्दा धेरै पञ्चकन्या माइ हाइड्रोपावर र ङादी ग्रुप पावरका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर र नाडेप लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: