×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्माण सामाग्रीको गुणस्तर परीक्षण गर्न पाँच स्थानमा ल्याब (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

निर्माण सामाग्रीको गुणस्तर परीक्षण गर्न पाँच स्थानमा ल्याब (भिडियो रिपोर्ट)

Artha Sarokar

६ फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – काठमाडौं तराई/मधेश द्रुतमार्ग निर्माण कार्यक्रममा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर परीक्षणका लागि पाँच ठाउँमा ल्याव स्थापना गरी काम भइरहेको छ । मखुवेशी, महादेवटार लेनडाँडाँ लगायत ५ स्थानमा ल्याव स्थापना गरी आयोजनाको निर्माण सामग्रको गुणस्तर परीक्षण भइरहेको सेनाले जनाएको छ । सोमबार विकास तथा प्रविधि समितिमा सेनाले दिएको जानकारी अनुसार द्रुतमार्गको कटिङ तर्फ ८७ दशमलव ७१ प्रतिशत काम सकिएको छ ।
त्यसैगरी फिलिङतर्फ २३ दशमलव ५३ प्रतिशत, रिङ फोर्स तर्फ १२ दशमलव २३, ग्याविङ वालतर्फ २६ दशमलव ३३ प्रतिशत, पाइप कल्भर्ट तर्फ ३८ दशमलव १४ र बक्स कल्भर्टतर्फ ३१ दशमलव ४२ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख सहायकरथी शरदलाल श्रेष्ठले बताउनुभयो ।
आयोजना निर्माणका क्रममा अहिलेसम्म १७ हजार ९४९ वटा रुखहरु कटान गरीएको छ । चालु आर्थिक वर्षमा ७६० रुख कटान गर्ने लक्ष्य लिइएकोमा अहिलेसम्म ६७७ वटा रुखहरु कटान गरिएको उहाँले बताउनुभयो । तीन चरणमा गरी वृक्षारोपणको काम पनि सुरु गरिएको छ । एक रुख काटेवाफत २५ वटा बोट वृक्षारोपण गर्नुपर्ने प्रावधान अनुसार पहिलो चरणमा ५ हजार बोट रोपिएका छन । 
दोस्रो चरणमा १ लाख १० हजार र तेसो चरणमा २ लाख १६ हजार रुखहरु रोपिनेछन् । रक्षा मन्त्रालयका सचिव रेश्मी राज पाण्डेले अहिले ५४ किलोमिटर सडकखण्डमा काम भइरहेको बताउनुभयो । यो आर्थिक वर्षमा १५ अर्ब बजेट विनियोजन गरिएको र त्यसमध्ये ७ अर्ब बन्दा केही बढी रकम मात्रै खर्च गर्न सकिने अवस्था रहेको बताउनुभयो ।
सांसदहरुले आयोजना तोकिएको समयमा पुरा हुन्छ हुँदैन भन्नेमा आशंका व्यक्त गरेका छन् । विभिन्न ठाउँमा देखिएका विवादका कारण आयोजनामा ढिलाई हुन सक्नेतर्फ सांसदहरुले सचेत गराएका थिए । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी