
काठमाडौं – एनएलजी इन्स्योरेन्सको ६०% हकप्रद सेयर फाल्गुन २२ गतेदेखि जारी हुने भएको छ । कम्पनीले १०ः६ अनुपातमा ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यस हकप्रद सेयरमा चैत १२ गतेसम्म आवेदन दिन पाउने छन् ।
कम्पनीले उक्त सेयर जारी गर्नको लागि माघ २७ गते बुक क्लोज गरेको थियो । यस अनुसार, अव माघ २६ गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । यो हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गर्नेछ ।
यस हकप्रद सेयरमा लगानीकर्ताले लक्ष्मी क्यापिटल नयाँ बानेश्वर, एनएलजी इन्स्योरेन्सको केन्द्रीय कार्यालय र शाखा कार्यलय, लक्ष्मी बैंकको उपत्यका भित्रका शाखाहरु न्यूरोड, कंलकी र उपत्यका बाहीर नारायणगढ, धनगढी, जनकपुर, इटहरी, दमक, धरान, घोराही, बनेपा, हेटौंडाबाट आवेदन दिन पाउनेछन् ।
साथै, सि- अस्वामार्फत पनि आवेदन दिन सक्नेछन् । हाल एनएलजीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको छ । हकप्रदपछि पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्