×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकले ल्यायो ‘एनएमबि तलब खाता’ र ‘एनएमबि सुपर तलब खाता’ योजना सञ्चालनमा, यस्ता छन् सुविधाहरु

LAXMI SUNRISE BANK

एनएमबि बैंकले ल्यायो ‘एनएमबि तलब खाता’ र ‘एनएमबि सुपर तलब खाता’ योजना सञ्चालनमा, यस्ता छन् सुविधाहरु

११ फाल्गुन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनएमबि बैंकले ‘एनएमबि तलब खाता’ र ‘एनएमबि सुपर तलब खाता’मा परिष्कृत गरि नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको छ ।
यस योजना अन्तर्गत खातावाललाई १८ लाख सम्मको कुल वीमा सुविधा प्रदान गरिन्छ । दुई नयाँ योजनाहरु मध्ये ‘एनएमबि प्रिमियम तलब खातामा ग्राहकहरुलाई १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा, १८ प्रकारका घातक रोगहरुको लागी ५ लाख रुपैयाँसम्मको बीमा सुविधा प्रदान गरिएको छ ।
एनएमबि प्रिमियम सुपर तलब खातामा ग्राहकहरुले १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागी ७ लाखसम्म बीमा र १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार बीमाबाट लाभान्वित हुन सक्ने छन् । उल्लेखित खाताहरु शुन्य मौज्दातमै खोल्न सकिने छ ।
रकम मात्र नभई सुविधाको दायरा पनि बिस्तार गर्ने उद्देश्यको साथ ‘एनएमबि प्रिमियम तलब खाता’ र ‘प्रिमियम सुपर तलब खाता’ को सुरुवात गरेको बैंकले जानकारी गराएको छ । यस प्रकारको खातामा वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको योजना ल्याएको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी