×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोस्रो त्रैमासमा एनएमबि बैंकको खुद नाफा ४७.४०%ले वृद्धि, प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४० पैसा !

PRIME CA

दोस्रो त्रैमासमा एनएमबि बैंकको खुद नाफा ४७.४०%ले वृद्धि, प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४० पैसा !

२६ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एनएमबि बैंकको खुद नाफा १ अर्ब ६३ करोड ६० लाख ७६ हजार रुपैयाँ कमाएको रिपोर्ट प्रकाशित गरेको छ । यो नाफा गत वर्षको तुलनामा  ४७.४०% ले धेरै हो । गत वर्ष बैंकले १ अर्ब १० करोड ९९ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा १ अर्ब ११ करोड ६५ लाख २५ हजार रुपैयाँ रहेको छ ।
यस्तै, बैंकको खुद ब्याज आम्दानी ३६.३४%ले बढेको छ भने सञ्चालन नाफा २.९९% ले घटेको छ । गत वर्ष २ अर्व ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको बैंकले यस वर्ष बढाएर २ अर्व ७३ करोड ४३ लाख रुपैयाँ पुर्याएको छ । यता, सञ्चालन नाफा १ अर्व ५६ करोड १६ लाख रुपैयाँबाट घटेर १ अर्व ५१ करोड ४८ लाख रुपैयाँमा सिमित रहेको छ । 
यो पुस त्रैमाससम्ममा बैंकले १ खर्व २६ अर्व ४२ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्व १३ अर्व ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी ३१.८६%ले बढेर ११ अर्व ५२ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष ९ अर्व २४ करोड ३२ लाख रुपैयाँबाट घटेर ५ अर्व २१ करोड १५ लाख रुपैयाँमा खुम्चिएको छ ।

सार्वजनिक भएको विवरण अनुसार बैंकको खराव कर्जा १.२%ले बढेर १.९६% पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ ८५ पैसाले बढेर ३० रुपैयाँ ४० पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ५५ पैसा रहेको एनएमबिको बेस रेट १०.१२% छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: