×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नुवाकोट महोत्सवमा पाँच करोड रुपैयाँको कारोबार, ६० हजार जनाले गरे अवलोकन…

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

नुवाकोट महोत्सवमा पाँच करोड रुपैयाँको कारोबार, ६० हजार जनाले गरे अवलोकन…

Artha Sarokar

२८ माघ २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – छैठौँ नुवाकोट महोत्सवमा रु पाँच करोड रुपैयाँको कारोबार भएको छ । ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको संवद्र्धन–दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने नाराको साथ यही माघ १६ गते शुरु भएको महोत्सवमा ६० हजार दर्शकले अवलोकन गरेको र रु पाँच करोडको कारोवार भएको आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घका प्रवक्ता सविन राजभण्डारीले जानकारी दिनुभयो ।

महोत्सवमा २५० प्रदर्शनी कक्ष राखिएका थिए । महोत्सवमा राखिएको दैनिक उपभोग्य वस्तु, घरेलु उत्पादन र हस्तकलामा सामग्री राखिएका पसलहरुमा ग्राहकको भीड लागेको थियो । नेपाल भ्रमण वर्षलाई लक्ष्य गरी सञ्चालन भएकोे महोत्सवले नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउनका लागि विशेष योगदान पुग्ने आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताउनुभयो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी