
काठमाडौँ – खानेपानी र सरसफाइसम्बन्धी जानकारी दिने र नागरिकलाई सचेत गराउने सरकारी अधिकारी नै अनियमिततामा संलग्न भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगङ्गा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई रु दुई लाख घुससहित पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्राविधिक केसीले सो नगरपालिकको वडा नं ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण सकिएपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।
आयोगको सुर्खेत कार्यालयबाट गएको टोलीले आरोपी केसीलाई घुससहित बिहीबार पक्राउ गरिएको भए पनि अनुसन्धान बाँकी रहेकाले आज सार्वजनिक गरिएको हो । आयोगका प्रवक्ता कोइरालाका अनुसार केसीलाई वडा नं १० मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्