×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री ओलीको ‘बर्थ–डे’मा डेढ करोड खर्च !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रधानमन्त्री ओलीको ‘बर्थ–डे’मा डेढ करोड खर्च !

१२ फाल्गुन २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो ६९औं जन्मदिन मनाए । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बिहान जन्मदिन मनाएका प्रधानमन्त्री ओली दिउँसो आफ्नो पुख्र्याैली गाउँ तेह्रथुमस्थित आठराई पुगेर मनाए । बालुवाटारमा मनाएको उनको जन्मदिनले चर्चा नपाए पनि आठराईमा पुगेर मनाएको कार्यक्रमले चर्चामात्रै पाएन आलोचनाको सिकार पनि बन्यो । आठराईमा मनाएको प्रधानमन्त्री ओलीको जन्मोत्सव कार्यक्रमलाई राजसीको संज्ञा पनि धेरैले दिए । 
आइतबार बिहान बालुवाटारमा केक हाटेर जन्मदिन मनाएका प्रधानमन्त्री ओली दिउँसो मन्त्री, सरकारी अधिकारी, नेता कार्यकर्ताको लावालस्कर लगाएर चारवटा हेलिकप्टरमा आठराईमा पुगेर १५ किलोको केक काटेर जन्मदिन मनाए । जहाँ ६ हजार जनालाई भोज खुवाइएको थियो । कतिपयले १० हजार जनालाई खुवाइएको पनि बताइएको छ । प्रधानमन्त्री ओलीको जन्मोत्सव मनाउन आठराई गाउँपालिकाले सार्वजनिक बिदा नै दिएको थियो । 
निकै तामझामका साथ प्रधानमन्त्री ओलीले आठराईमा मनाएको जन्मोत्सव कार्यक्रममा कति खर्च भयो होला ? झापादेखि क्याटरिङ आठराईमा लगेर ६ हजारलाई खुवाइएको भोज र विभिन्न बाँडिएको सामानको खर्च कति भयो होला ? आममानिसको जिज्ञासा भइरहेका बेला नेपाल सरकारका पूर्वसचिम भीम उपाध्यायले करिब डेढ करोड खर्च भएको अनुमान लगाएका छन् । 
उनका अनुसार केमा कति खर्च : 
१. उपस्थित ६ हजार जनालाई भोज (भेज प्लस नभेज)
झापादेखि क्याटरिङ– ६५० प्रति प्लेटका दरले ६ हजार जनाको ३९ लाख रुपैयाँ 
२. दुई हजार थान डायरी र पेन वितरण– औसत रू ५००प्रति सेटको १० लाख रुपैयाँ 
३. करिब १००० थान टोपी र ज्याकेटको औसत १५ सयप्रति सेटको १५ लाख रुपैयाँ 
४. चारवटा हेलिकप्टर खर्च – कम्तिमा एउटा हेलिकप्टरको २ लाख रुपैयाको दरले ८ लाख रुपैयाँ 
५. दुई हजार थान साडी र पछ्यौरा ३ हजारका दरले ६० लाख रुपैयाँ 
६. अन्य सरकारी खर्च १० लाख रुपैयाँ 
पूर्व सचिव उपाध्यायले प्रधानमन्त्री ओलीको जन्मोत्सवको कूल खर्च १ करोड ४२ लाख रुपैयाँ न्युनतम निकाल्दै सालाखाला करिब डेढ करोड रुपैयाँ खर्च भएको अनुमान लगाएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी